पाणिनी ६ का वडाअध्यक्ष पाैडेलकाे एक्सन: खाेला दाेहन गरेपछि स्काभेटरकाे चावि खाेस्न पुगे

| २०७९ जेठ २१ गते २०: ४२ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची।
२१ जेठ । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले साविक-५ काे पहेराचाैर खाेलाकाेे दाेहन गरि जथाभावी खाेलामा स्काभेटर प्रयाेग गरी ढुंगा निकालेपछि खाेला दाेहन गरी वातावरण नै विगारेपछि स्काभेटरकाे चावि खाेसेका छन् । 

पटकपटक हाम्जा निर्माण सेवालाई निर्देशन दिदाँपनि मेसिनले खाेलामै निरन्तर दाेहन गरेपछि वडा अध्यक्ष कृष्णप्रसाद पाैडेल सहित प्रहरी चाैकी पालीका असईकाे नेतृत्वमा २ ट्याक्टर र स्काभेटर मेसिन प्रहरी नियन्त्रणमा रहेकाे छ । प्रकाउ परेका दुई ट्याक्टर र स्काभेटर मेसिनकाे चावी प्रहरी चाैकी पालीकाे नियन्त्रणमा रहेकाे छ ।

वडालाई जानकारी नै नदिई खाेलामा मेसिन राखेर दाेहन गरेपछि पहेराचाैरकाे वातावरण नै विग्रने स्थिति भएपछि पाैडेलले एक्सन बढाएकाे पाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्