पाणिनी गाउँपालिकाको बजेटमा सञ्चार क्षेत्र अपहेलित: सञ्चार क्षेत्र लाई शुन्य बजेट

| २०७९ असार १० गते २१: ४५ मा प्रकाशित

माधव पौडेल,पाणिनी । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिकाको दोस्रो गाउँ शभा तथा प्रथम अधिबेसन आज सम्पन्न भएको छ ।गाउँपालिकाका कर्मचारी, नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधि र पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

पाणिनी गाउँपालिकाले विभिन्न क्षेत्र शिक्षा, स्वास्थ्य ,खानेपानी ,कृषिमा प्रयाप्त बजेट विनियोजन गरेपनि सञ्चार क्षेत्रलाई कुनै पनि बजेट मा समावेश गरिएको छैन ।

राज्यको चौथो अंग पत्रकारिता सञ्चार क्षेत्र भित्र पर्ने हुँदा पाणिनी गाउँपालिकाका पत्रकारहरुको हक हित विपरित आएको यो बजेटले सञ्चार क्षेत्रको अपहेलना भएको पाणिनीका अधिकांस पत्रकारहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्