नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँचीमा कार्यरत राम प्रसाद घिमिरेको निधन

| २०७९ असार १६ गते २१: १६ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क।  नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँचीमा लामो समय सम्म कार्यरत रहेका एक कुशल कर्मचारी राम प्रसाद घिमिरे को ३० बर्षको कलिलो उमेरमा निधन भएको छ।  

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर - ५ घर भएका घिमिरे बिगत १०/११  साल देखि नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँचीमा कार्यरत रहेका थिए। 

 रामप्रसाद घिमिरेको आज दिउँसो करिब १२ बजेको समयमा  सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको प्रवेश खाजा घरमा आफ्ना दुई साथीहरु सङ्ग खाजा खान गएको र खाजा खाइसकेपछी केही समय टोलाएर बसेका घिमिरे एक्कसी बिहोस भएर ढलेका थिए। उनि बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको र अस्पतालका डाक्टरहरुको चेकजांच पछि घिमिरेको मृ'त्यु भईसकेको जानकारी डाक्टरहरुले दिएको प्रहरी स्रोतले जनाएको छ ।

 घिमिरे लामो समयदेखि अर्घाखाँची विद्युत प्राधिकरणमा काम गरी जिल्लाका विभिन्न ठाउँमा सुविधा दिदै आएका थिए । उनको पोस्टमार्टम गरी दाहसंस्कारका लागि लगिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्