पाणिनि गाउँपालिका वडा -५ सल्लेरि स्थित शिवालय को मन्दिर निर्माण अलपत्र अवस्थामा

| २०७९ सावन ६ गते २२: ३९ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा -५ सल्लेरि स्थित शिवालय को मन्दिर निर्माण अलपत्र परेको छ ।

मन्दिर निर्माण सुरु भएको झण्डै तीन वर्ष बितिसक्दा समेत गति लिन नसकेको हो ।

मन्दिरको सुन्दरतामा मन्दिर निर्माण सम्पन्न नहुँदा कुरुप बनेको छ । हाल मन्दिरका सामाग्रीहरु जताततै थन्किाइएको छ । पुजाआजामा समेत समस्या थपिएको छ । मन्दिर निर्माण भइसक्नुपर्ने समयमा मन्दिरको काम आधा पनि भएको छैन ।

अलपत्र परेको मन्दिर निर्माणमा अहिलेसम्म वडा,पालिका र प्रदेश सरकारबाट कुनै सहयोग नभएको स्थानीय जुना घिमिरे बताउछिन् । घिमिरे भन्छिन तिज नजिकै आयो शिवालय मन्दिर निर्माण भएको भए सजिलो हुने थियो अब ३ , ४ घन्टा लगाएर जानुपर्ने होला ।

प्रतिक्रिया दिनुहोस्