अर्घाखाँचीमा कालिज मार्ने बहानामा जंगलमा लगी फलामको रड प्रहार गरि हत्या गर्ने ब्याक्ति पक्राउ

| २०७९ सावन १५ गते २०: २७ मा प्रकाशित

अर्जुन थाप,अर्घाखाँचीबुलेटिन। अर्घाखाँचीजिला मालारानी गाउँपालिका वडा नम्बर २ घर भइ हाल रुपन्देही बुटवल उ.म.न.पा. वाडा नम्बर १३ वेल्वास बस्दै आएका ४४ बर्षिय बिष्णु बहादुर पाण्डेले गत ९ गते अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा  न. २ घर भएका तर हाल रुपन्देही जिल्लाको सैनामैना न.पा. वडा नं. ६ कलौनी बस्दै आएका ४३ बर्षिय दिपक भन्ने कुलचन्द्र गौतम सङ्ग लु १ ख ७७८१ नं. को ट्रक पास गर्ने भनी हिडेको र सोही दिन देखि सम्पर्क बिहिन देखि सम्पर्क बिहिन रहेका बिष्णु बहादुर पाण्डेलाइ खोजतलासी लागि निजकि छोरी सिला पाण्डेले गत ११ गते  जि.प्र. का. रुपन्देही मा निवेदन दिएकी थिईन।

निवेदन दिए लगत्तै खोजतलास को क्रम मा जिला प्रहरी कार्यालय अर्घाखाँची बाट खटिएको प्रहरी टोलि र स्थानीय मानिसहरु को सहयोग मा हिजो साउन १४ गते पाणिनी गाउँपालिका २ डाडाकटेरी स्थित सिद्ध सामुदायिक वनमा बिष्णु बहादुर पाण्डे लाई मृत अवस्थामा फेला पारेका थिए । 

हत्या गर्दा  प्रयोग गरेको फलमाको रड

सोही घट्ना को अनुसन्धानको क्रममा पाणिनी गाउँपालिका वडा नं. २ घर भएका सैनामैना ३ कलौनी बस्ने दिपक भने कुलचन्द्र गौतमलाई आज बिहान को समयमा नेपाल भारत सिमाना बेलहियाबाट पक्राउ परेका छ्न । प्रहरी अनुसन्धानको क्रममा बिस्णु बहादुर पाण्डे को नाम मा रहेको  लु ख ५५८१ नं. को ट्र्क ( सोह्र लाख ) १६ लाख  मुल्य कायम गरि ,पछि दिने सर्तमा नामसारी गरेकोमा उक्त पैसा घर निर्माण र मोटरपार्ट्स  संचालन गर्दा लागेको रिनको कारण ट्र्कको पैसा दिन नसक्ने देखे पछी योजनाबद्ध तरिकाले गत ९ गते कुलचन्द्र गौतमले अर्घाखाँची स्थित  घरमा लगेको भोलिपल्ट घर बाट कालिज मार्ने बहानामा जंगलमा लगि पछाडि बाट टाउकोमा फलामको  रडले प्रहार गरि हत्या पछी सोही स्थानमा रहेको भिरवाट तल खसालदिएको  प्रारम्भिक अनुसन्धान खुल्न आएको प्रहरी ले जनाएको छ ।

ट्र्क ( सोह्र लाख ) १६ लाख  मुल्य 

उक्त रड प्रहरिले  लुकाएर राखेको अवस्था मा सोही कुलचन्द्र गौतम ले संचालन गरेको मोटरपार्ट्समा रड फेला पारि सोही ब्याक्ती लाई थप अनुसन्धान भइ रहेको प्रहरी नायव उपरीक्षक ठग बहादुर के.सि. ले जानकारी दिनु भएको छ्।

प्रतिक्रिया दिनुहोस्