एमाले नेता टोपबहादुरलाई मैले नै हराउँछु : कांग्रेस नेता पोखरेल

| २०७९ सावन २२ गते १५: ३० मा प्रकाशित

अर्घाखाँची। कांग्रेसका प्रभावशाली युवा नेता लेखनाथ पोखरेलले पाटीको टिकट दिएमा आफु आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट चुनाव लड्ने बताए । उनले पाटी केन्द्रले आफुलाई टिकट दिनेमा विश्वस्त रहेको बताए ।

 छत्रदेव गाउँपालिकाका निवर्तमान अध्यक्ष पोखरेलले ५ वर्षे कार्यकालमा छत्रदेवमा देशकै नमुना काम गरेर प्रशंसित भएका थिए । दोस्रो कार्यकालमा उनी दोहोरिएनन् । युवामाझ निकै लोकप्रिय पोखरेलले आफु उम्मेदवार भएमा जनताको भारी मतबाट सहजै जित्ने दावी गरेका छन् ।

‘टोपबहादुरको अर्घाखाँचीमा हाउगुजी मात्रै हो,’ पोखरेलले भने, ‘टोपबहादुर रायमाझीसित चुनावमा लडेर जित्ने पालो मेरो आएको छ । अर्घाखाँचीवासी जनता परिवर्तनको पक्षमा मत हाल्न आतुर छन् ।’

पाटीले टिकट दिएमा जनताको मतबाट जितेर जिल्ला र जिल्लावासीको विकास र समृद्धिको लागि अहोरात्र खटेर काम गर्न आफु तयार रहेको बताए ।-स्रोत  नेपाल राज्य। 

प्रतिक्रिया दिनुहोस्