पाणिनीकी मन्जु कुमाललाई उपचारमा आर्थिक अभाव

| २०७९ कार्तिक ८ गते २१: १० मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँचीको पाणिनि गाउँपालिका ८ नम्बर वडा बब्यारमा बसोबास गर्दै आएका लोक बाहादुुर कुमाल र उनकि श्रीमती रिता कुमालको १० बर्षिय माईलि छोरी मन्जु कुमाल दृष्टिबिहिन छिन् । उनी देख्न मात्रै नभएर बोल्न सुन्न पनि सक्दिनन् उनको मानसिक सन्तुलन पनि कम्जोर छ । 

बुढी भएकि आमा श्रीमती तीन छोराछोरी र आफू गरि ६ जनाको परिवार रहेको छ लोक बाहादुरको । उनी भन्छन् छोरिको राम्रो ठाउँमा उपचार गराउने मन छ तर आर्थिक अभावको कारण उपचार गराउन सकेको छैन ।

श्रीमतीले आमा र छोराछोरीको हेरचाह गर्दैमा ठिक्क हुन्छ मैले अर्काको ज्यालादारी गरेर कमाएको पैसाले बल्ल बल्ल घर चलाउनमै ठिक्क हुन्छ ।

प्रतिक्रिया दिनुहोस्