जनताको करबाट आएको बजेट सहि सदुपयोग हुनुपर्छः काँग्रेस नेतृ भुसाल

| २०७९ कार्तिक १७ गते १६: ५३ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले मंसिर ४ गते हुने चुनावमा गठबन्धनले बहुमत ल्याउने र चुनावपछि ५ वर्षसम्म सरकार चलाउने दाबी गरेकी छन् । उनले संविधानलाई जोगाउँदै विकास र समृद्धिको काम गठबन्धन सरकाले मात्रै गर्न सक्ने बताइन् ।

पाणिनि गाउँपालिकाको मैदान, धातीवाङ, अडगुरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले विकासमा आएको बजेट दुरुपयोग भएको भन्दै जनताको करबाट आएको बजेट सहि सदुपयोग हुनुपर्ने बताईन । विकासमा नाममा आएको बजेटको अडिट गर्नुपर्छ, जनताले गाउँमा आएको बजेटको बारेमा जानकार हुनुपर्छ, नेतृ भुसालले भनिन् अर्घाखाँचीको समृद्धीका लागी गठबन्धनले जित्नुपर्ने बताईन । ५ वर्षका लागि मत दिएर जिताउँने जनप्रतिनिधी संसद भवन छोडेर भाग्ने नभई संसदमा जिल्लाका समस्याहरु उठान गर्दै विकासका लागी बजेट ल्याउँने भुमिकाका लागी जिताउँन आग्रह गरिन् । उनले २०६४ सालमा संविधान लेख्नका लागी जनताले पठाएको बताउँदै संविधान लेखनमा महिला, दलित, जनजातिका हक र अधिकारहरु समेटेको बताईन ।
उनले ढोरपाटन सडक, बासकारुख, मैदान, नेटा, भर्तपुर सडक, भञ्ज्याङ्ग धातिवाङ्ग नेटा निगाली सडक, मैदान बाढुंगा, पधेरा चिउरनेटा नरपानी सडक, नरपानी दुवीचौर झन्द्रेक चिवेक सडक, घुम्ती पाल्पा सडकलाई पिचँ तथा ग्राभेल गर्ने गरी काम अगाडी बढाउँने बताईन । उनले खानेपानी, शिक्षा, स्वास्थ्यको समस्यालाई ध्यान दिएर बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाईन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले ‘ओलीले संसद विघटन गरी संविधान विपरीतको कार्य गरेकाले सचेत हुनका लागी गठबन्धनले जित्नुपर्ने बताए । ‘जनताको अधिकार सुरक्षित गर्न र देशको विकास गर्न चुनावपछि पनि गठबन्धन रहने बताए । चुनावपछि गठबन्धनका दलहरू मिलेरै सरकार गठन गर्ने नेता विश्वकर्माले बताए ।

प्रदेश सभा (ख) का उम्मेदवार तथा काँग्रेस नेता कमलप्रसाद भुसालले भुगोलका आधारमा विकास गर्ने बताए । पाणिनीको मैदान, धातिवाङ्ग, अडगुरीका अधिकांश ठाउँ कृषि र पशुपालनका लागी उपयुक्त भएकाले जनताको मागअनुसार विकास गर्ने बताए । संघ, प्रदेश र स्थानिय सरकारको सहकार्यमा गाउँको विकास गर्नका लागी मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति केशव श्रेष्ठ, जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, एकिकृत समाजवादीका जिल्ला सचिव युवराज पौडेल, समानुपातिक उम्मेदवार लोकेन्द्र विक, कल्पना पोख्रेल, माओवादी केन्द्रका नेता भोजराज घिमिरे शंकर, काँग्रेसका जिल्ला सचिव अच्युत गौतम, काँग्रेसका नेता डा. इन्द्रमणि पौडेल, यादवप्रसाद घिमिरे, प्रेमनारायण बेल्वासे, मेगराज पाण्डे, क्षेत्रिय सभापति हेमन्त बेल्वासे, पाणिनी सभापती तुल्सीराम पौडेल, माओवादी केन्द्रका नेता वुद्धि जिसी, काँग्रेस नेताहरु लगाएतको उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्