पाणिनीका बरिष्ठ पंडित तथा हिन्दु धर्मका संरक्षक देवकी नन्दन कोइरालाको देहवसान

| २०७९ पौष १७ गते १७: ४७ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। पाणिनी गाउँपालिका वार्ड नं ५ साबिक मैदान गाबिस वार्ड नं ३ अर्घाखाँची निवासी बरिष्ठ पंडित तथा हिन्दु धर्मका संरक्षक देवकी नन्दन कोइरालाको देहवसान भएको छ ।

कोइरालाको उपचारको क्रममा हिजो पौष १६ गते साँझ विर अस्पताल काठमाडौंमा स्वर्गाहरण भएको हो ।

९० वर्षीय काईराला हिन्दु धर्मको संरक्षण र निरन्तरताको लागि उहाँले धेरै योगदान पुर्याउनुभएको छ । कोइरालाको निधनको खबरले अर्घाखाँचीको पाणिनी सहित विभिन्न स्थानबाट उहाँका शुभचिन्तक तथा धार्मिक ब्याक्तित्वहरुले दुख ब्यात्त गर्दै श्रदान्जली अर्पण गरि रहेका छन् ।
दिवंगत कोइरालाको आज देवघाटमा अन्त्यस्टी गरिदै छ ।

प्रतिक्रिया दिनुहोस्