महाशिवरात्रीको दिन फागुन ६ गते राष्ट्रिय कलाकार कुशल बेल्वासे दुर्गाफाटमा आउँदै

| २०७९ फागुन ४ गते १४: ५० मा प्रकाशित

झनक केसी ,अर्घाखाँची।
४ फागुन - अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा शिवरात्रीको अबसर पारेर फागुन ६ गते दिन चर्चित कलाकार कुशल बेल्वासेको बेजोड प्रस्तुति हुने कार्यक्रम संयोजक झबिन सुनामले जानकारी दिएका छन।

पाणिनी पर्यटन समाजले आयोजना गरेको छैठौँ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सवमा राष्ट्रिय ख्यातीप्राप्त कलाकार कुशल बेल्वासेको बेजोड प्रस्तुति साथै अन्य रास्टिय कलाकार आउने भएका छन। भर्खरै बजारमा चर्तित गित काचो बेलौतीकि गायिका मन्जु भटराई,गायक बिजय सुनाम,तिलक बेल्बासे,गायिका रुकनिमा बेल्बासे,गायक घनस्याम भट्टराई,उद्घोषक बिकाश भट्टराई साथमा स्थानिय डान्स झाकी भजन कृतज हुने सुनामले जानकारी दिए। 

दुर्गाफाटमा शिवरात्री

अर्घाखाँचीको पटौटीमा जन्मिएका बेल्वासेले दर्जनौ चर्चित गित बजारमा ल्याएका छन् । हातैका पौजाले, चिनै मिलेन, सनिसार लगाएतका गित चर्चित भएका हुन । तेस्तै शितगङ्गा जुकेना जन्मिएकी भट्टराई लगायत थुप्रै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने पाणिनी पर्यटन संयोजक सुनामले बताए ।

प्रतिक्रिया दिनुहोस्