गत मंसिरमा सम्पन्न भएको संघ र प्रदेशको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीलाई पाणिनी गाउँपालिकाद्वारा सम्मान

| २०७९ फागुन १६ गते २१: १२ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। गत मंसिरमा सम्पन्न भएको संघ र प्रदेशको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई पाणिनी गाउँपालिकाले सम्मान गरेको छ । प्रतिनिधी सभा सदस्यमा निर्वाचित टोपबहादुर रायमाझी, विजुला रायमाझी, प्रदेश सासंद रामजी प्रसाद घिमिरे, गुल्मीबाट निर्वाचित प्रदेश सभा सदस्य दिनेश पन्थीलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए ।

सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधी सभाका सदस्य रायमाझीले तिनवटै सरकार मिलेर समग्र अर्घाखाँचीको विकास गर्ने बताए । संघ र प्रदेशबाट विनियोजन भएका बजेटको काम आफनो पालिकामा हुदाँ स्थानिय सरकारको पनि पारदर्शी काम गराउँनमा भुमिका रहन्छ, रायमाझीले भने ।

उनले पाणिनी गाउँपालिकाको विकासका लागी प्रतिवद्ध भएर लाग्ने बताए । पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल लगाएतले संघीय र प्रदेशका जनप्रतिनिधीलाई सम्मान गरेका हुन । कार्यक्रममा डा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्