कमला घिमिरे ,सन्धिखर्क। पाणिनी गाउँपालिकाले पालिका अन्तरगतका स्वास्थ्य सेवा प्रदान गर्ने सेवा प्रदायक स्वास्थ्य सस्थाहरु अनुगमन गरेको छ ।
केन्द्रहरुबाट दिने सेवा प्रबाहको स्थिति के कस्तो छ सेवाको गुणस्तरीयता , जनशक्ति ब्यबस्थापन ,औसधि तथा खोप जन्य सामग्रीको आपूर्ति र खपतको अबस्था , खोप केन्द्रको भौतिक पुर्बाधारको अबस्था , सेवाको नियमितता ,सेवा प्रबाहमा केहि समस्या छ्न छैन जानकारी पाउनको लागि अबलोकन बिहिबार गाउपालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल, स्वास्थ्य शाखा संयोजक शेषकान्त घिमिरे , सह संयोजक रामप्रसाद घिमिरे, आन्तरिक लेखा परिक्षक लगायतको टोलिद्वारा गाउँपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्था तथा खोप केन्द्रमा अनुगमन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्