सडक दुर्घटनामा परि अर्घाखाँचीका २० वर्षीय युवकको मृ'त्यु

| २०७९ चैत ११ गते ०४: ४८ मा प्रकाशित

कमल घिमिरे ,सन्धिखर्क। बुटवलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा परि अर्घाखाँचीको पाणिनी गाउँपालिका घर भै हाल तिलोत्तमा नगरपालिका वडा न. ४ मा बस्दै आउनुभएका २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२ नम्बरको मोटरसाइकल सोही दिशाको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो । उक्त बस तिलोत्तमा कलेजको हो ।

अनियन्त्रीत भएको सो मोटरसाइकले भैरहवाबाट बुटवल तर्फ आउँदै गरेका लु १७ प ३७६२ नम्बर र लु ६ प ६०२ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो । दुर्घटनामा परी लु ७२ प ७३९२ नम्बरको मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका ४ का २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता महोनबहादुर खाँणले जानकारी दिनुभएको छ ।

यस्तै लु १७ प ३७६२ नम्बरका मोटरसाइकलका चालक तिलोत्तमा ७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँकै ७० वर्षीया एश्र्वरादेवी थापा घाएते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्