पवित्र धार्मिकस्थल दुर्वाशेश्वर गुफाको नजिकै बन्दै नयाँ रिसोर्ट, यस्ता हुनेछन् सुविधा

| २०७९ चैत २५ गते २०: ०६ मा प्रकाशित

कमला घिमिरे, पाणिनी । अर्घाखाँचीको पवित्र धार्मिकस्थल दुर्वाशेश्वर मन्दीरको नजिकै बन्दै छ नयाँ रिसोर्ट । नजिकै बस्ती, जंगल अनि उत्तरतिर फर्किदा टलक्क टल्किने हिमालको दृष्य, जसले रिसोर्ट पुगेका पाहुनाको मनै लोभ्याउँछ । त्यसबाहेक तलतिर फर्किदा देखिने दुर्गा खोला र खेतहरुले पनि उत्तिकै आकर्षण थप्नेछ ।

सहरको कोलाहलबाट टाढा साथै कोलाहलपूर्ण बन्दै गएको सहरलाई छलेर केही परको शान्त वातावरणमा मनोरम दृष्य नियाल्दै बस्ने पर्यटकका लागि लक्षित गरि अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ दुर्गाफाँटमा सुविधासम्पन्न रिसोर्ट सञ्चालन हुने भएको छ । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन नसकेको अवस्थामा दुर्गाफाँटमा नयाँ रिसोर्ट बन्ने तयारीमा छ । करिब एक करोड लगानीमा बन्ने थालेको उक्त रिसोर्टमा पाइने अधिकांश परिकारहरु स्थानीय उत्पादनकै रहने सञ्चालक अर्जुन पोख्रेल संघर्षले बताए ।

उनले भने, ‘पाणिनी दुर्वाशेश्वरकै समिपमा रिसोर्टको काम अगाडी बढिरहेको छ । करिब एक करोड लगानीमा बन्ने थालेको उक्त रिसोर्टमा पाइने अधिकांश परिकार स्थानीय उत्पादन नै रहनेछन् ।’ कोलाहलमा बसेकाहरुलाई एकरात भएपनि शान्त वातावरणमा रमाउँदै मनोरम दृष्य अवलोकन गराएर बसाउने लक्ष्य सञ्चालक पोख्रेलको लक्ष्य छ ।

सञ्चालक पोख्रेलका अनुसार रिसोर्टमा फराकिला कोठाहरु बन्नेछन् । सबै कोठाबाट बाहिरी दृश्यहरु अवलोकन गर्न मिल्नेछ । ‘ग्रामिण बस्तीमै भएकोले गाउँका फरक अनूभव पनि यहाँ लिन सकिन्छ । त्यो बाहेक नजिकैको जंगलबाट चराचुरुंगीको आवाजले बसाईलाई साच्चै प्रकृतिमय बनाउँछ,’ उनले भने ।

उक्त रिसोर्टमा विभिन्न कार्यहरुका लागि हलको पनि व्यवस्था मिल्नेछ । विवाह लगाएतका शुभकार्यमा घरघरमै पुगि क्याट्रिन सेवा पनि उपलब्ध हुनेछ । साथै, पाणिनी गाउँपालिका भित्रको प्रसिद्ध पाणिनी तपोभूमी, दुर्वाशेश्वर गुफा र समग्र अर्घाखाँचीका पर्यटन क्षेत्रमा आफ्नै सवारीसाधन मार्फत घुमाउने व्यवस्था पनि छ ।।

प्रतिक्रिया दिनुहोस्