पाणिनीको मैदानमा १ महिने कम्प्युटर तालिमको सुरुवात

| २०८० जेठ ८ गते १७: ५३ मा प्रकाशित

कमला घिमिरे पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा सुचना प्रविधी आईसिटी तालिमको सुरुवात भएको छ । 

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष इन्द्रमणि घिमिरेले प्रविधीको युगसँगै कम्प्युटर तालिम महत्वपुर्ण हुने बताए । उनले प्रविधीमैत्री बन्नुपर्ने समय आएकाले विद्यालयका शिक्षक, स्वास्थ्य चौकी, वडा कार्यालयका ३१ जनालाई तालिम दिनका लागी छनोट गरेको बताए। 

तालिममा सिकेको कुरा व्यवहारमा प्रयोग गर्न आग्रह गर्दै तालिम प्रभावकारी हुनेमा विश्वस्त रहेको बताए । वडा अध्यक्ष घिमिरेले आगामी वर्ष पनि प्रविधीमैत्री तालिम सञ्चालनका लागी ध्यान दिने बताए । 

तालिमको उद्घाटन सत्रमा पाणिनी गाउँपालिका शिक्षा शाखाका प्रा.स. विरेन्द्र गौतम, कृष्ण माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिवाकर घिमिरे, मैदान स्वास्थ्य चौकीका इन्चार्ज जगदिश घिमिरे, कृष्ण माविका प्रअ टेकनारायण गैरे, सर्वोदय आधारभुत विद्यालयका प्रअ नारायण गैरेले शुभकामना मन्तव्य राख्दै प्रविधीको युग भएकाले कम्प्युटर तालिम प्रभावकारी हुने बताए ।

 पाणिनी गाउँपालिका वडा नं. ५ मैदानको आयोजना र लुम्बिनी मिडिया एजेन्सीको सहजीकरणमा सञ्चालन हुने तालिम भानु मावि र कृष्ण माविमा सञ्चालन हुनेछ । कार्यक्रम भानु माध्यमिक विद्यालयका प्रअ जिवलाल पोख्रेलको अध्यक्षता, प्रशिक्षक कृष्ण गैरेको स्वागत र घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । तालिम दुई ठाउँमा गरी १ महिना सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्