श्रीकृष्ण घर्ति मिरे,नयाँदिल्ली साउन २२ |अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिका साबिक वार्ड नम्बर -३ खनदह काभ्रेनेटा निवासी दिपक नेपालीको छोरा श्री आदर्श उच्च माध्यमिक बिधालयको कक्षा - १० मा अध्यनरत रहनुहुने मनु नेपालीको येही गत मिति साउन २० गते आइतबार राति भारतको नयाँ दिल्ली गुडगाउँको एक अस्पतालमा उपचारको क्रममा १७ बर्षको उमेरमा आल्पायुमै मृत्यु भएको छ ।