सामाजिक अभियान्ता थापा लगायतको समुहद्वारा सनपा ६ बलेबांग रिठेखोलाका अति बिपन्न मजदुर गरेर खाने ६ घर परिवारलाई खाधान्न तथा सर्जिकल मास्क वितरण (तस्विर सहित)

| २०७८ असार १६ गते १३: ४४ मा प्रकाशित
कमला थापा व्यवस्थापक

कमला थापाका अन्य रिपोर्टहरु :

सन्धिखर्क। सामाजिक अभियान्ता यूवराज थापा लगायतको टिमले निधेधाज्ञाका कारण अर्घाखाँची जिल्लाका बिभिन्न क्षेत्रमा खाधान्न को अभावले चुलो निभेका गरिब "अति बिपन्न" घर परिवारलाई निरन्तर खाधान्न र नि:शुल्क सर्जिकल मास्क वितरण गर्दै आईरहेको छ। 

खाधान्न र नि:शुल्क सर्जिकल मास्क वितरण

आज सन्धिखर्क नगरपालिका वडा नम्बर - ६ बलेबांग रिठेखोलाका अति बिपन्न मजदुर गरेर खाने  खाधान्नको अभावले चुलो  निभेका ५ घर परिवार र सन्धिखर्क ३ का एक मुखिया परिवारलाई समाजसेवी तथा बरिष्ठ पत्रकार मुक्तिनाथ भुसाल ,समाजसेवी यूवराज थापा ,संचारकर्मी गुरुदेव खनालको उपस्थितिमा प्रत्येक घर परिवारलाई चौंथो चरणको खाधान्न वितरणमा ३० kg बराबरका एक -एक बोरा चामल ,१ kg दाल ,१ kg नुन ,१ प्याकेट तेल ५ प्याकेट नि:शुल्क सर्जिकल मास्क र कुल ६ बोरा चमाल वितरण गरिएको छ। 

खाधान्न र नि:शुल्क सर्जिकल मास्क वितरण गर्दै बलेबांग रिठेखोला

आज खाधान्न बितरण गरिएको बलेबांग रिठेखोलामा प्राय: जस्तो सुस्त मनस्थितिका ,अपाङ्ग बोल्न नसक्ने पिडितहरु रहेका थिए। उहाँहरुको अवस्था देख्दा र भेट्दा अत्यन्तै दु:खदायी रहेको संचारकर्मी गुरुदेव खनालले बताउनुभयो।

समाजसेवी तथा पत्रकार गुरुदेव खनाल 

जिल्लाका अन्य क्षेत्रमा पनि यस्तै सुस्त मनस्थितिका ,अपाङ्ग बोल्न नसक्ने मजदुर गरेर दैनिक चलाउंने ,चुलो निभेका कोहि पिडितहरु हुनुहुन्छ भने तुरुन्तै अभियान्ताहरुको समुहलाई 9857066895 सम्पर्क गर्न सामाजिक अभियान्ता यूवराज थापाले बताएका छन। 

अभियान्ता यूवराज थापा

अभियान्ताहरुको समुहले समाजसेवी तथा बरिष्ठ पत्रकार मुक्तिनाथ भुसाललाइ स्पेशल धन्यबाद दिन चाहन्छौँ जसले अति बिपन्न खाधान्न का कारण चुलो निभेका घरपरिवारको समस्या लाई जस्ताको तस्तै  बाहिर ल्याई हामीहरुको टिमलाई खाधान्न प्रदान गर्ने अवसर दिनु भयो।

समाजसेवी तथा बरिष्ठ पत्रकार मुक्तिनाथ भुसाल,गुरुदेव ,युवराज थापा 

अर्घाखाँची जिल्लाका अन्य क्षेत्रमा खाधान्नको अभावले भोकै बस्नु परेको छ ,चुलो बलेको छैन भने हामीहरुको टिमलाई सम्पर्क गर्न जिल्लावासी लाई अनुरोध गर्दछौँ। 

खाधान्न तथा सर्जिकल मास्क वितरण
समाजसेवी यूवराज थापाले बरिष्ठ पत्रकार मुक्ति भुसाल लाइ सर्जिकल मास्क हस्तान्तरण गर्दै 

 

प्रतिक्रिया दिनुहोस्