सन्धिखर्क १२ को डिभर्ना झेडीबाट अबैध रुपमा लैँजादै गरेका भैँसी सहितको डबलक्याब जिप पक्राउ

| २०७८ सावन २४ गते १८: ५० मा प्रकाशित

अर्घाखाँची। साउन २३ गते साँझ अन्दाजी २२:३० बजेको समयमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १२ झेडी स्थित लु. १ च.३९०१ नम्बरको जिपमा ३ वटा स्त्री जातको भैँसी लोड गरी अबैध रुपमा लैँजादै गरेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरेको छ।

 प्रहरी टोलीले  भैँसी सहितको गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आज साउन २४ गते सन्धिखर्क नगरपालिकाको कार्यालयमा पठाइएको थियो। नगरपालिकाले उक्त गाडीलाई रु.५,०००।– (पाँच हजार) जरिवाना गरि नियन्त्रणमा रहेको उक्त भैँसी सहितको जिपलाई सम्बन्धित पक्षहरुले जिम्मा लिएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्