अबको पार्टी नेतृत्व युवा पुस्तालाइ सुम्पिदिनुपर्छ: नेता राजेन्द्र भुसाल

| २०७८ असोज १६ गते २१: ४९ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसालले अबको पार्टी नेतृत्व युवा पुस्तालाइ सुम्पिदिनुपर्ने बताउनु भएको छ।  

आज बेल्टारी खरिखोला कमिटिको भेला तथा भेटघाट कार्यक्रममा बोल्दै भुसालले पार्टीमा आवद्व रहेका कार्यकर्ता हरुलाई कुनै बिपक्षिको भ्रममा नपरि माओबादि केन्द्रमै रहन आग्रह गर्नु भएको थियो। साथै गत हप्ता नेकपा (एस)पार्टीमा बेल्टारी ,खरिखोलाका युवा हरु प्रवेश गरे भन्ने बिषयमा खण्डन गर्दै ,बिपक्षि पार्टीले युवा हरुलाई भेला गराई टिका लगाईदिएको बताउनु भयो।

 तर उक्त समाचार भने  सत्य न भएको पनि स्पष्ट पार्नु भएको थियो।साथै उहाँले अबको पार्टीको नेतृत्व युवा पुस्तालाइ सुम्पिनु पर्ने बताउँदै आफ्नो पार्टी बाट भएका कमि कमजोरी हरुलाई स्वीकार गर्दै आगामी दिनमा पार्टीले युवा हरुलाइ थप हौसला र मुल्यांकनकका साथ् अगाडी बढाउँने प्रतिबद्वता जनाउनु भएको छ। 

युवा पुस्ताले  मात्र देशलाइ समृद्वीको दिशा तिर धकेल्न सक्ने भुसालको भनाई रहेको छ। 

प्रतिक्रिया दिनुहोस्