जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ६६ औँ प्रहरी दिवस भव्यताका साथ मनायो

| २०७८ असोज २० गते १२: ५८ मा प्रकाशित

एसपि भुसाल, अर्घाखाँची । जिल्ला प्रहरी कार्यालयअर्घाखाँचीले ६६ औं प्रहरी दिवस एक भव्य समारोहका बीच मनाएको छ । जिल्ला प्रहरी कार्याल अर्घाखाँचीका प्रहरि नायव उपरीक्षक अम्बर थापाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको प्रमुख अतिथ्यततामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, पाणिनि गाउपालिकाका अध्यक्ष अच्युत गौतम, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल “मुस्कान”, नेकपा एमालेका सचिब तोज बहादुर रायमाझी, नेकपा माओवादि केन्द्रका जिल्ला सयोजक ठाकुर कुमार बिक, नेकपा समाजबादिका जिल्ला अध्यक्ष रामबहादुर चौहान, राष्ट्रिय प्रजातन्त्र पार्टिका सम्सुधिन मिया, जिल्ला समन्वय अधिकारी लक्ष्मि गौतम, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, जिल्ला अदालतका श्रेस्तेदार महेस खनाल, अनुसन्धान अधिकृत विनय चदुर्वेदी, शसस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जन, उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, नेपाल चेम्बरका अध्यक्ष असोक श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष असोक खनाल लगाएतका सञ्चारकर्मी, सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे, वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम, १२ का अध्यक्ष नारायण खड्का लगाएतका जनप्रतिनिधिहरु, रेडक्रसका अध्यक्ष कुसल भुसाल, पुर्व प्रहरी सगठका अध्यक्ष डिलाराम पान्डे, निर्माण व्यवसायी नारायण बन्जाडे, समाजसेवि दलबहादुर केसि, लंका यातायातका अध्यक्ष कृष्ण भुसाल लगाएतका यातायात व्यवसायीहरु सहभागिता रहेको थियोे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल प्रहरीले नागरिकलाई दिएको शान्ती र सुरक्षाको उच्च कदर गर्दै जनमुखी सेवा, पारदर्शी र छिटो छरितो हुने बताएका थिए । कार्यक्रम प्रहरी निरिक्षक गणेश खनालको स्वागत मन्तव्य र प्रहरी निरिक्षक सुजन बिक्रम शाहको सन्चालनमा सम्पन्न भएको हो

प्रतिक्रिया दिनुहोस्