अर्घा भगवती स्पोर्ट्स क्लब द्वारा आयोजित वार्ड स्तरीय भलिवल प्रतियोगिता सम्पन्न:उपाधी साबिकको ३ लाई (तस्विर-भिडियो सहित)

| २०७८ असोज २८ गते ०२: ५७ मा प्रकाशित

रमेश थापा ,अर्घा।
असोज २८ - अर्घा भगवती स्पोर्ट्स क्लब द्वारा आयोजित वार्ड स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ। 

उत्कृष्ट खेलाडी लाई सम्मान,स्थानीय खेलाडीलाई राष्ट्रिय खेलाडी बनाउँने हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको वार्ड स्तरीय भलिवल तथा क्रिकेट प्रतियोगिता प्रकाश अधिकारीको अध्यक्ष्यता र प्रमुख अथिति एमाले नेता टोप बहादुर रायमाझी साथै विशिष्ट अथिति राम ब रायमाझी (ठूलो),बल बहादुर रायमाझी, प्रमोद रायमाझी, झबिन्द्र खड्का, असोक के सि लगायत अन्य समाजसेवी व्याक्तित्वहरुको को उपस्थितिमा सम्पन्न भएको थियो। 

असोज २६ गते संचालन भएको वार्ड स्तरीय भलिवल प्रतियोगितामा भलिवल तर्फ साविकको अर्घा ३ कप्तान मोहन खड्काको टिम प्रथम भएको छ भने साबिकको अर्घा २ कप्तान सागर बिकको टिम द्वितीय र बिकास परियारको टिम तेस्रो हुन् सफल भएको छ। 

कार्यक्रम संचालक वसन्त के.सिको संचालनमा सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्