अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड समयमा मर्मत नहुँदा दैनिक सवारी चालक तथा यात्रुहरु मारमा परेका छन् । सुन्दर नगरी सन्धिखर्कको नारा दिएता पनि अत्यावश्यक भौतिक पूर्वाधार सडक भने समयमै मर्मत गरिएको छैन ।
उक्त सडकमा बर्षा भएको बेला पानी जमेर सडकमै पोखरी भई सवारी चलाउन समस्या हुुने भन्दै स्थानीय बासिन्दाहरुले धेरै पटक जनप्रतिनिधिहरुलाई जानकारी समेत गराउँदा पनि बेवास्ता गरेको स्थानीय बासिन्दाहरुको गुनासो छ ।
सडकको स्थीति अत्याधिक नाजुक भएको हुनाले त्यही सडक खण्ड अन्तर्गत पर्ने जिल्ला अस्पतालमा समेत आवत जावत गर्न धेरै अप्ठ्यारो भएको अस्पताल आउँदै गरेकी रमा गैरेले बताइन् ।
त्यसै गरी सदरमुकामको मुख्य सडकको यस्तो स्थीति देखेर लाज लाग्नुपर्ने हो भन्छन् स्थानीय भुसाल ।
समयमै कालोपत्रे गर्न ढिलाई हुँदा सडकमा सवारी दुर्घटना समेत बढेको स्थानीय बिसाल मरासिनीले बताए ।आयोखबर
प्रतिक्रिया दिनुहोस्