चुत्रावेसीका एक युवक पुरानो बस पार्क बाट २ दिन देखि बेपत्ता

| २०७८ मंसिर २ गते २०: १९ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - २ चुत्रावेसी निवासी हिमाल भुसाल हिंजो देखि एकाएक बेपत्ता भएका छन।

हिँजो अर्थात मङ्सिर १ गते बुधवारको दिन करिब दिउँसो १२ बजेको समयमा चुत्रावेसीको पुरानो बस पार्कको हाइस काउन्टर देखि घरपरिवार बाट एक्कासि सम्पर्क बिहिन रहेका उनका घरपरिवारले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिएका छन।

बेपत्ता हुने हिमाल भुसाल अन्दाजी २७/२८ बर्षका रहेको बुझिएको छ। भुसाल सुस्त मनिस्थितिका रोगी रहेको निजका बुवाले बुलेटिनलाई जानकारी दिनुभएको छ। 

माथि तस्विर मा देख्नुहुने हिमाल भुसाललाई कहिँ कतै देख्नुहुने महानुभावहरुले 9847575233 को मोबाइल नम्बरमा सम्पर्क गरिदिनु हुन वा नजिकैको प्रहारी कार्यालयमा तुरुन्तै खबर गरिदिनुहुन बुलेटिन परिवार हार्दिक विनम्र अनुरोध गर्दाछौँ।

प्रतिक्रिया दिनुहोस्