त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था सन्धिखर्कले आफ्नो दशौं स्थापना दिबस दिप प्रज्ज्वलन गरी मनायो (तस्विर सहित)

| २०७८ मंसिर ५ गते २१: ३८ मा प्रकाशित

गुरुदेब खनाल,सन्धिखर्क। त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्कले–२ ले आफ्नो दशौं स्थापना दिबस एक कार्यक्रमका बिच मनाएको छ । 

मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी ,हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ स्थापित सहकारीले आफ्नो स्थापना दिवसको अबसरमा आईतवार संस्थाको कार्यालयमा १० वटा पानसमा दिप प्रज्ज्वलन गरी शुभकामना आदानप्रदान सहित दशौं स्थापना दिबस मनाएको हो। 

सहकारीका अध्यक्ष उत्तममणी मिश्रको अध्यक्षता,उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मनतब्य र सचिब कमलप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोबिन्द बिसी,पुर्ब अध्यक्ष चन्द्र बन्जाडे,संस्थापक उपाध्यक्ष शोभाखर भुसाल,कोषाध्यक्ष रामप्रसाद पन्थी लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिीति रहेको कार्यालय व्यवस्थापक तुल्सीराम खनालले जानकारी दिनुभयो ।

२०६८ सालमा स्थापित संस्थामा हाल १ हजार ६८ जना शेयर सदस्यहरु आबद्ध रहेको र झण्डै १४ करोड बराबरको पुँजी रहेको व्यवस्थापक खनालले बताउनु भयो । पछिल्लो समय संस्थाले जिल्लामा बिभिन्न सामाजीक र सचेतनामुलक गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्