दुबै मृगौला फेल भएका रमेशकाे परिवार द्वारा सहयाेगकाे याचना

| २०७८ मंसिर ९ गते २०: ३९ मा प्रकाशित

अर्घाखाँची मंसिर ९ । दुबै मृगाैला फेल भएका सन्धिखर्क ११ का रमेश विककाे परिवारले अार्थिक सहयाेगकाे याचना गरेकाे छ । २१ वर्षिय रमेशकाे अहिले  डाइलासिस भइरहेकाे छ । मृगौला प्रत्यारोपण गर्नकाे लागि थुप्रै रकम चाहिने हुँदा सहयाेग गरि जीवन बचाइदिन   रमेशले सबैमा आग्रह गरेका छन् ।   अार्थिक अवस्था निकै कमजाेर रहेकाले परिवार चिन्तामा परेकाे छ । 

उनका बुवा विष्णु विककाे राष्ट्रिय वाणिज्य बैंककाे खाता नं. ३०५०१०००३४४८५०१० मा पैसा जम्मा गरिदिन परिवारले अनुराेध गरेकाे छ ।थप जानकारी  लिन परे परिवारकाे सम्पर्क नं.  ९८४७४०११७६ मा सम्पर्क गर्न सकिनेछ । रमेशकाे जीवन रक्षाका लागि सहयाेग संकलन अभियान सुरू गर्न  लागिएकाे  स्थानीय समाजसेवी युवा सन्ताेष आचार्यले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्