सन्धिखर्क १० मा वार्ड स्तरीय भलिवल प्रतियोगिता हुने

| २०७८ मंसिर २६ गते १९: १६ मा प्रकाशित

कमला थापा ,अर्घाखाँची। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० मा वार्ड स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ। 

सन्धिखर्क १० को आर्थिक बर्ष २०७८ /७७ को स्वीकृत बजेट अन्तर्गत  "युबा खेलकुद कार्यक्रम " भित्र रहि युबा सन्जाल सन्धिखर्क नगरपालिका वडा नं. १० को सक्रियतामा वार्ड स्तरीय भलिवल प्रतियोगिता हुने भएको हो। 

जसमा साबिकको अर्घा गा.बि.स वडा नम्बर - ५,६,७ र ९ का भलिवल टीमले प्रतियोगितामा समावेशी हुन् पाउँने छन। प्रतियोगिता मङ्सिर २८ गते बिहान ११ बजे बाट शुरु हुने भएको छ। 

वार्ड स्तरीय प्रतियोगिता सन्धिखर्क १० को भतेर चौंर (अमराई) मा रहेको खेल मैदानमा हुने छ। थप जानकारीको लागि युबा सन्जाल अध्यक्ष  बिनोद थापा- 9866278794 मा सम्पर्क गरेर बुझ्न सकिनेछ। 

प्रतिक्रिया दिनुहोस्