स्वर्गीय वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको सम्झनामा सन्धिखर्क ८ को किमडाँडामा प्रथम स्मृति कप खुल्ला भलिवल प्रतियोगीता हुने

| २०७८ पौष २१ गते १४: ३६ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को किमडाँडामा खुल्ला भलिवल प्रतियोगीता हुने भएको छ। 

स्वर्गीय वडा अध्यक्ष  ईश्वरि प्रसाद भुसालको सम्झनामा सन्धिखर्क ८ को वडा कार्यालयले किमडाँडाको नपाली चौर खेल मैदानमा यहीँ मिति २०७८ साल पौष २९ गते देखि  प्रथम खुल्ला स्मृति कप भलिवल प्रतियोगीताको आयोजना गर्न लागेको हो। उक्त खुल्ला भलिवल प्रतियोगितामा जिल्ला बाहिरका भलिवल क्लब र खेलाडी मित्रहरुले सहभागिता जनाउँन सक्ने आयोजक टीमले अर्घाखाँची बुलेटिनलाई जानकारी दिएको छ। 

आयोजक टिमले सम्पुर्ण इच्छुक खेलप्रेमी खेलाडीहरु र सम्पुर्ण भलिवल क्लबहरुलाई प्रतियोगितामा आफ्नो गौरवमय उपस्तिथिको लागी हार्दिक अनुरोध गरेको छ। 

 खेल हुने स्थान :- सन्धिखर्क ८ नेपाली चौर 

टिम दर्ता मिति २०७८/९/२८ गते बिहान ११ बजे देखी  

टिम दर्ता शुल्क:- रु ३,०००

प्रथम पुरस्कार- ५०.००० शिल मेडल प्रमाणपत्र 

दोस्रो पुरस्कार- ३०,००० शिल मेडल प्रमाणपत्र 

तृतीय पुरस्कार - २०००० शिल मेडल प्रमाणपत्र 

उत्कृष्ट खेलाडी - ५,५०० मेडल प्रमाणपत्र 

खेल संयोजक 

 कमल प्रसाद पराजुली- ९८५७०६३०२४ 

मनोज सापकोटा- ९८६७२३७१५० 

अध्यक्ष कृष्ण प्रसाद पराजुली- ९८४७२२८६९८

उपाध्यक्ष आशिष् राना मगर-९८६१२३१२९०

सचीव कृष्ण राना - ९८६९९२०५७६

आयोजक - सन्धिखर्क ८ वडा कार्यलय 

नोट 

खेलाडी ९ जना अनिवार्य हुनुपर्ने छ
खाने बस्ने ब्यबस्था खेलाडीले आफै गर्नुपर्ने छ 
खेल सम्बन्धि कुनै बिबाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने छ। 

प्रतिक्रिया दिनुहोस्