सन्धिखर्क नगरपालिकाको १० औँ नगरसभा सुरु

| २०७८ पौष २६ गते १७: ३१ मा प्रकाशित

प्रेमनारायण आचार्य ,अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको १०औं नगरसभा सुरु भएको छ। संघीय संसदको झल्कोदिने गरि नगरसभा सुरु भएको हो। हलभित्र नगरसभाका सदस्यहरु बसिरहेका थिए। नगरप्रमुख कमलप्रसाद भुसाल हल भित्र प्रवेश गरे। पानसमा दीप प्रज्वलन गरेपछि राष्ट्रगान बज्यो। 

सबै सदस्यहरु जुरुक्क उठेर राष्ट्रगान गाएपछि शहिदको लागि मौनधारण भयो। नगरसभा प्रारम्भ भएको नगरप्रमुख भुसालले घोषणा गरेपछि शून्य समयमा नगरसभाका सदस्यहरूले आआफ्नो धारणा राखेका छन्।

नगरसभाले विभिन्न शिर्षकका बजेटको रकमान्तरण र विभिन्न विधेयकहरु पास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। नगरसभामा उपप्रमुख ठाकुर कुमार विक, वडाअध्यक्ष, सदस्यहरु तथा सम्पूर्ण नगरसभाका सदस्यहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्