सन्धिखर्क नगरपालिकाको वडा नम्बर ३ र ४ मा मेलमिलाप केन्द्र स्थापना

| २०७८ पौष २७ गते १८: ०४ मा प्रकाशित

प्रेमनारायण आचार्य। सन्धिखर्क नगरपालिकाको वडा नम्बर ३ र ४ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । 

 मेलमिलाप केन्द्रको स्थापना गर्दै  नगर उप प्रमुख तथा न्यायिक समितिका संयाेजक ठाकुर कुमार विकले  साना तिना झैझगडा मेलमिलापको माध्यमबाट गाउँमै मिलाउन आग्रह गर्नुभयो । कार्यक्रममा न्यायिक समितिका सदस्यहरु प्रितम थापा, अाशा परियार , अधिकृत छैठाै जीवनारायण आचार्य , पत्रकार माहासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य  लगायतको उपस्थिति रहेको थियोे ।

वडा नम्बर ३ काे कार्यक्रम वडा अध्यक्ष लिलाराम गाैतम,  कार्यपालिका सदस्य सृजना विक,  सदस्यहरु दधिराम साेमै, जुठे मिया , वडा सचिव लाल प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियोे ।

वडा नम्बर ४ काे कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ , वडा सदस्य हुमलाल श्रेष्ठ , लाेचनादेवी सुनार, उमानन्द अधिकारी ,वडा सचिव सृजना घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्