सन्धिखर्कको वडा नम्वर ९ र १० मा मेलमिलाप केन्द्र स्थापना

| २०७८ पौष २९ गते १७: २२ मा प्रकाशित

कमला पोख्रेल,सन्धिखर्क। 
२९ पुष-  सन्धिखर्क नगरपालिकाको वडा नम्बर ९ र १० मा मेलमिलाप केन्द्र स्थापना भएको छ । 

 मेलमिलाप केन्द्रको स्थापना गर्दै  नगर उप प्रमुख तथा न्यायिक समितिका संयोजक ठाकुर कुमार विकले  गाउँमा हुने झैझगडा मेलमिलापको माध्यमबाट गाउँमै मिलाउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा न्यायिक समितिका सदस्य प्रितम बहादुर थापा,  आशा परियार , वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली,अधिकृत छैठौँ  जीवनारायण आचार्य , पत्रकार माहासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य  लगायतको उपस्थिति रहेको थियोे ।

वडा नम्बर १० को कार्यक्रममा  वडा सदस्य चमकला भुसाल , वडा सचिव विष्णुप्रसाद आचार्य, कर्मचारीहरु कृष्णा भुसाल , प्रदिप आचार्य, मेलमिलाप कर्ता वसन्त वहादुर एसी, खडानन्द आचार्य, कल्पना क्षेत्री  लगायतको उपस्थिति रहेको थियोे ।वडा नम्बर ९ को कार्यक्रममा वडा अध्यक्ष देवी वहादुर रायमाझी ,सदस्य विष्णुप्रसाद आचार्य, वडा सचिव कुलदिप पाेख्रेल, मेलमिलाप कर्ता राम वहादुर रायमाझी , डिलाराम भुसाल , डिल वहादुर रानाभाट लगायत  स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्