युवा व्यवसायी एवं समाजसेवी कृष्ण भुसालले स्व. बिकाश शाहीका दुई छोरी १० कक्षा पास नगरुन्जेल सम्म प्रत्येक बर्ष ५ हजार रुपैयाँ प्रदान गर्ने

| २०७८ फागुन ५ गते १९: ५७ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क दुई  नगरपालिका वडा नम्बर १ सन्धिखर्क निवासी समाजसेवी व्याक्तित्व कृष्ण भुसालले सन्धिखर्क नगरपालिका वडा नम्बर ८ आँपखोला निवासी शिक्षक स्व. बिकास शाही ठकुरीका दुई छोरीहरुलाई १० कक्षा पढुन्जेल प्रत्येक बर्ष ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ। 

शिक्षक बिकास शाही ठकुरीको कोभिड १९ को संक्रमण बाट उपचारको क्रममा बुटवल प्रादेशिक अस्पतालमा ६ महिना अघि मृत्यु भएको थियो। आफ्नो बाबुको मृत्यु पश्चात आर्थिक स्थिति कम्जोरी हुनुका कारण दूई छोरीहरुको पठनपाठनमा समस्या देखीएको थियो। शिक्षक स्व. बिकास शाहीका स -साना छोरीहरुको पठनपाठनमा देखिएको समस्यालाई मध्यनजर गर्दै समाजसेवी ब्याक्तित्व ,युवा व्यवसायी ,भुसाल पेट्रोल पम्पका संचालक कृष्ण भुसालले १० कक्षा पास गरुन्जेल सम्म आफुलाई जन्म दिने आमाको पुन्य तिथिको दिन प्रत्यक बर्ष ५ हजार प्रदान गर्ने घोषणा गर्नु भएको हो साथै भुसालले पहिलो पटकको रकम शिक्षक बिकास शाहीकी श्रीमतीको शहकारिको खातामा जम्मा गरिदिईसक्नु भएको अर्घाखाँचीबुलेटिन लाई जानकारी दिनु भएको छ। 

समाजसेवी भुसालले स्व. बिकाश शाहीको दुवै मिर्गौला फेल हुँदा को समयमा पनि बिकास शाही बचाऔँ अभियान चलाएर झन्डै ६/७ लाख रुपैँया संकल गरि शाहीको नयाँ जीवन दिनमा अतुलनिय भूमिका खेलेका थिए र शाहीको सफल उपचार भएको थियो। भूसालले बिकास शाहीलाई कोभिड १९ संक्रमण हुँदा पनि उपचारमा आर्थिक समस्या देखिएपछि पुन: नगद १० हजार रुपैयाँ सहयोग गरेका थिए तर समाजसेवी भुसालले  बिकास शाहीलाई बचाउँन आफु सक्दो आर्थिक सहयोग गरेर लाखौँ कोसिस गरेता पनि उनलाई यस धर्तीमा बचाउँन नसक्दा अत्यन्तै दु:ख प्रकट गरेका छन्। कृष्ण भूसाल बिकास शाहीको उपचारका लागि र उनलाई बचाउँनका लागि एक जीवित भगवान बनेर उभिएका थिए। भुसालले जिल्लाका हरेक दुखि पिडित,बिरामी लगायत हरेक बिकास क्षेत्रका कार्यमा आफु सक्दो आर्थिक सहयोग गर्दै आईरहेका छन्,पछिल्लो समयमा उनि युअर्घाखाँचीमा युवा पुस्ताका एक प्रेणादायिक ब्याक्ति बनेका छन्। 

सन्धिखर्क २ को भद्रीखोलामा रहेको अर्घाखाँची बोर्डिंग स्कुलले पनि स्व. शिक्षक बिकास शाहीका सानी छोरीहरुलाई उक्त स्कुलमा पढ्दा सम्म नि:शुल्क पढाउने प्रअ श्री कृष्ण भुसालले बुलेटिन लाई जानकारी गराएका छन्। स्व. शाहीकी कान्छी छोरी अहीले यू.के.जी मा अध्यनरत रहेकी छिन। स्व.  बिकाश शाही अर्घाखाँची बोर्डिंग स्कुलका शिक्षक रहेका थिए।

समाजसेवी भुसालले सन्धिखर्क ८ को आँपखोला पाण्डे टोला निवासी स्व. कृष्ण बहादुर पाण्डेका दुई छोराहरुको पढाई खर्चका लागि बिगत ८ बर्ष यता देखि ५ हजार रुपैंया प्रदान गर्दै आईरहेका छन्।  

प्रतिक्रिया दिनुहोस्