दुवै मिर्गौला पिडित पोखेडाँडाकी सिता बिकलाइ सन्धिखर्क १० को वडा कार्यालयका कर्मचारीद्वारा आर्थिक सहयोग

| २०७८ फागुन ८ गते २०: ३७ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० गच्छे गैरा पोखेडाँडा निवासी सोनिया बिक र टिका बिककि छोरीलाई मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव परेको छ। 

२६ बर्षिया सिता बिकका दुवै मृगौंला फेल भईसके पछि निजलाई राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र सल्लाघारी भक्तपुर काठमाण्डौ मा लगिएको छ तर सिता बिकको घरको आर्थिक स्थिति अत्यन्तै दयानीय रहेकोले मिर्गौला पाएता पनि प्रत्यारोपण गर्नमा आर्थिक रकमको अभाव परिरहेको अवस्था छ। 

दुवै मृगौला पिडित सिता

 

दुवै मृगौला पिडित सिताको सोहि आर्थिक समस्यालाई मध्यनजर राख्दै थोरै रकम भएतापनि निजको उपचारमा थप सहयोग पुग्ने आशा सहित सन्धिखर्क नगरपालिका वडा नम्बर १० को वडा कार्यालय का कर्मचारी र प्रतिनिधिहरुले एकमुष्ट १० हजार संकलन गरि आज वडा कार्यालय बाट निजका आफन्तलाई आर्थिक रकम हस्तान्तरण गरेका छन्। 

सहयोग गर्ने सहयोगी दाताहरुका नामावली 

१ )अध्यक्ष - लक्ष्मी नारायण चुँदाली - १००० /-
२ )वडा सदस्य - ऋषिकेश भुसाल - १००० /-
३ )वडा सदस्य - भेषराज क्षेत्री - १००० /-
४ )वडा सदस्य- शान्ता नेपाली - १००० /-
५ )वडा सदस्य -चम्कला भुसाल - १०००/-
६ )सचिव -बिष्णु प्रसाद आचार्य -१००० /-
७ )कम्प्युटर अपरेटर - कृष्ण भुसाल - १००० /-
८ )पशु स्वास्थ्य प्राबिधिक - प्रदिप आचार्य - १००० /-
९ )कास कमला पौडेल आचार्य - १००० /-
१० )पुर्व सचिव अरुण कुमार आचार्य - १००० /-


जोड्दा आउने कुल रकम १० हजार रहेको छ साथै सहयोगी दाताहरु लाइ पनि मिर्गौला पिडित सिता बिकलाइ आफु सक्दो सहयोग गरिदिनुहुन् हार्दिक अनुरोध गर्दछौं। 

सम्पर्क नम्बर - ९८४२८३२५७९ बुवा टिका बिक 

 

 

प्रतिक्रिया दिनुहोस्