अर्घाखाँची इङ्गलिस बोर्डिंग नजिकै एक ग्रेडर ठुलो दुर्घटना हुन् बाट बाल - बाल बच्यो

| २०७८ फागुन १२ गते १४: १७ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ को भला डाँडा तल पट्टि र अर्घाखाँची इङ्गलिस बोर्डिंग को माथि पट्टि मन्दिर नजिकै एक ग्रेडर ठुलो दुर्घटना हुन् बाट बाल - बाल बचेको छ। 

आज बिहान किमडाँडा बाट चुत्रावेसी तर्फ आउँदै गरेको पुष्पा निर्माण सेवाको ग्रेडर अर्घाखाँची इङ्गलस बोर्डिंग नजिकै आई पुग्दा ग्रेडरको ब्रेक (पाईप) एक्कासी फाट्न पुग्दा ग्रेडर दुर्घटना हुन् पुगेको चालकले बताएका छन्। 

ग्रेडरको ब्रेक पाईप एक्कासि फाटी सके पछि ग्रेडर चालकले चलाखीपूर्ण हिसाबले मन्दिर छेउंमा रहेको सल्लाको रुखमा लगेर न ठोक्काएको भए ग्रेडर दुर्घटनामा ठुलो मानवीय क्षति हुने चालक लगायत स्थानीय प्रत्यक्षदर्शीरुको भन्ने रहेको छ। 

दुर्घटना स्थलको ठिक तल पट्टी अर्घाखाँची इङ्गलिस बोर्डिंग रहेको छ भने ग्रेडर ठोक्किएको सल्लाको रुख नजिकै एक मन्दिर रहेको छ तर चालकको चलाखीका कारण अर्घाखाँची इङ्गलिस बोर्डिंग स्कुलमा झार्न र मन्दिरलाई छदबिच्छेद पार्न बाट जोगाएका छन्। यस संगै ग्रेडर दुर्घटनामा ठुलो  भौतिक र मानवीय क्षति हुन् बाट बाल - बाल जोगिएको छ। 

प्रतिक्रिया दिनुहोस्