नविन महत्तो (पुतली) को टिम लाई पराजित गर्दै अर्घाखाँचीबुलेटिन भलिवल क्लब प्रथम ईश्वरी कपको फाइनलमा प्रवेश

| २०७८ फागुन १४ गते १७: ०० मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची  जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्व. ईश्वरी प्रसाद भुसालको सम्झना आयोजना गरिएको प्रथम  ईश्वरी कप भलिवल प्रतियोगिताको सेमिफाइनल  खेलमा अर्घाखाँची बुलेटिन भलिवल क्लवले धारापानि प्रगतिशिल युवा क्लबलाई पराजित गरेको छ। 

पछिल्लो समयमा चर्चित भलिवल खेलाडीको रुपमा चिनिएका नबिन महत्तो (पुतली) समावेसी रहेको धारापानि प्रगतिशिल युवा क्लब  र अर्घाखाँचीबुलेटिन भलिबल क्लबको विरुद्व पहिलो सेटमा २५ - १० ले र दोश्रो सेटमा धारापानि प्रगतिशिल युवा क्लबले  अर्घाखाँचीबुलेटिन लाई २५ - २३ को अंकले पराजित गरेको र तेश्रो सेटमा अर्घाखाँचीबुलेटिन भलिबल क्लबले धारापानी लाई २५ - ११ अंकको फरकले पराजित गर्दै स्व. ईश्वरी प्रसाद भुसाल प्रथम भलिवल परियोगिताको फाईनल मा प्रवेश गरेको छ। 

ईश्वरी कपको प्रथम सेमिफाइनलमा प्रवेश गर्ने अर्घाखाँचीबुलेटिन भलिवल क्लब पहिलो समुह रहेको छ। कमल गहतराजको कप्तानमि रहेको अर्घाखाँची बुलेटिन भलिबल टिममा राष्ट्रिय खेलाडी शुबाष चन्द ,आदर्श रसाइँलि ,चिरन्जिबी खड्का ,बिनोद बिसी सरोज चौधरी ,सन्तोष शर्मा ,पिताम्बर थापा ,म्यानेजर यूव राज थापा लगायतको समुह रहेको छ। 

प्रतिक्रिया दिनुहोस्