कमला घिमिरे ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिले आयोजना गरेको तालिममहिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि दिने गरि २दिने तालिम द वर्ल्ड एभरेस्ट अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ।
महिला पत्रकारहरुलाई थप क्रियाशिल बनाउने उद्धेश्यले सञ्चालन गरिएको तालिममा १५ जनाको सहभागीता रहेको थियोे । कार्यक्रममा सन्धिखर्नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका सैदान्तीक र व्यवहारीक कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो । उहाँले महिला पत्रकारको महत्व रहेको बताउदै हरेक पक्षमा महिलाले गरेका उदाहरणीय कार्यहरुलाई उजागरण गरी हौसला प्रदान गर्न तथा समाजमा महिला माथी हुने गरेका दमन शोषण र उत्पीडनका कुराहरुलाई बाहिर ल्याउनु पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाचीका सहसचिव हृदय भुसालको सहजीकरण रहेको थियोे। कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाचीका अध्यक्ष अशोक खनालको स्वागत मन्तव्य र महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखाको शाखा प्रमुख बेलकुमारी परियारको सञ्चालनमा सम्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस्