तेस्रो वडा स्तरीय मेयर कप भलिवल प्रतियोगिता २०७८ मा सन्धिखर्क १० को शुरुवाती जित

| २०७८ चैत ११ गते १६: २५ मा प्रकाशित

पिताम्बर थापा,सन्धिखर्क।सन्धिखर्क नगरपालिका द्वारा आयोजित तेस्रो वडा स्तरीय मेयर कप भलिवल प्रतियोगिता २०७८ आज देखि शुरु भएको छ। 

सन्धिखर्कको टुडी खेलमा आज देखि शुरु भएको प्रतियोगितामा पहिलो दिन ३ टिम मात्र खेलेका छन् जसमा सन्धिखर्क ८ ,सन्धिखर्क ५, सन्धिखर्क १ सन्धिखर्क २ सन्धिखर्क ३ र सन्धिखर्क १० रहेका छन्। 

 मेयर कप भलिवल प्रतियोगिता २०७८ को पहिलो खेल सन्धिखर्क ८ र ५ बीच भएको थियो जसमा सन्धिखर्क ८ ले विजय हासिल गरेको छ भने सन्धिखर्क १ र २ को खेलमा सन्धिखर्क २ ले जित हाँसिल गरेको छ। 

त्यस्तै पहिलो दिनको अन्तिम खेलमा सन्धिखर्क १० ले सन्धिखर्क ३ को भलिवल टिमलाई २४-१८ र २४ - ८ नम्बरको अन्तरले पराजित गरेको छ। 

भोलि सेमीफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ।  मेयर कप भलिवल प्रतियोगिता २०७८ मा १० टिम सहभागी रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्