बेपत्ता रहेका चुत्रावेसीका चुरामणी बेल्वासे जनज्योति माविको जंगमा झु'ण्डि'ए'को अवस्थामा मृ'त फेला

| २०७८ चैत ११ गते १९: ४८ मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा चुत्रावेसिका एक पुरुष जनज्योति माध्यमिक बिधालयको नजिकै रहेको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। 

मृत फेला पर्नेमा चुत्रावेसी को ग्रीन बोर्डिंग नजिकै घर भएका अन्दाजी ५४/५५ बर्षका चुरामणी बेल्वासे रहेका छन। उनि हिंजो बिहान घर देखि एक्कासि बेपत्ता भएका थिए। 

उनि बेपत्ता भए संगै निजको तिब्र रुपमा खोजि कार्य भईरहेको बेपत्ता हुने चुरामणि बेल्वासेका छोराले अर्घाखाँचीबुलेटिनलाई दिउँसो जानकारी दिएका थिए। बिडम्बना बेपता रहेका चुराणी बेल्वासे सन्धिखर्क २ को जनज्योति माध्यमिक बिधालय नजिकै रहेको जंगलमा सालको रुखमा पटुकाको पासो लगाई झु'ण्डि'एको अवस्थामा मृत फेला परेका छन। 

नेपाल प्रहरी द्वारा घटनाको थप अनुसन्धान भईरहेको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्