सन्धिखर्क १० बाट एमालेले चुँदाली ,क्षेत्रि र मरासिनीलाई गर्‍यो वडा अध्यक्षको लागी सिफारिस

| २०७८ चैत २९ गते १८: ५३ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। नेकपा एमाले अर्घाखाँचीले सन्धिखर्क १० को वडा अध्यक्षमा ३ जनाको नाम सिफारिस गरेको छ। 

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेकपा एमाले अर्घाखाँचीले सन्धिखर्क १० को वडा अध्यक्षका लागि लक्ष्मीनारायाण चुंदाली ,भेषराज क्षेत्रि र राम्झी मरासिनीको नाम सिफारिस गरेको हो । 

त्यस्तै महिला वडा सदस्यमा चम्कला भुसाल ,नारायण भट्टराई,कमल मरासिनी र दलित तर्फ शान्ता नेपालीलाई सर्वसमहत मा सिफारिस गरेको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्