सन्धिखर्क ८ को किमडाँडा छेड़ामा मोटरसाइकल दुर्घटनामा परि भद्रीखोलाका ६९ बर्षिय बृद्वको मृ'त्यु

| २०७९ बैशाख १२ गते १७: २८ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडाको छेडामा मोटरसाइकल दुर्घटना हुँदा ६९ बर्षिय बृद्वको मृ'त्यु भएको छ भने चालक सामान्य घाइते भएका छन। 

पकले देखि सन्धिखर्क आउँदै गरेको लु.११ प. ८६३९ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाइकल छेड़ा नजिकै आईपुग्दा मोटरसाइकलको चेन एक्कासि टुटिएर  मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार रहेका सन्धिखर्क २ भद्री खोला निवासी ६९ बर्षिय बृद्व बलराम पौडेलको उपचारको क्रममा मृ'त्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

दुर्घटना हुने मोटरसाइकल मृतक पौडेलका नाताले नाति पर्नेले चलाएको बुझीएको छ।बाइकको पछाडी सवार रहेका बलराम पौडेल मोटरसाइकलको चेन एक्कासि टुटीएपछि सडकमा ठोक्किन पुग्दा गम्भीर घाईते भएका थिए,बिडम्बना पौडेलको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृ'त्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस्