पानीकाे मुहान बचाउँन अर्घा गजुलडाँडा मा रिचार्ज पोखरी निर्माण

| २०७९ बैशाख १२ गते २१: ५७ मा प्रकाशित

अर्घाखाँची ,हरिश चन्द्र बिश्वकर्मा।दशघर एक पोखरि अभियान बाट २०७८ को देउसि भैलोबाट संकलित रकम बाट खनिएको स.न. पा ०९ अर्घा गजुलडाँडा मा आज बैशाख १२ गते एक पोखरी निर्माण गरियो ।

सन्धिखर्क : झण्डै ३ वर्षअघि अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । स्थानीय ५० घर परिवारले पिउने पानी प्रयोग गर्ने पँधेरो हिउँदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयहरु बाध्य भए । 

रोजगारी तथा अध्यनको सिलसिलामा युवायुवतीहरु गाउँमा नबसेपछि घरमा रहेको बृद्धबृद्धाहरुलाई निकै सास्ती भयो । तर गत वर्ष ठूलो खडेरी लाग्दा समेत पानी नसुकेपछि स्थानीयहरु खुशी भएका छन् ।

स्थानीय युवा समाजसेवी तथा व्यवसायी (कृष्ण प्रसाद भुसाल ) र पत्रकार ( हरिप्रसाद भुसाल ) को  नेतृत्वमा सुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्ष अघि काफलपानी पँधेरो भन्दा माथि नेटाका पोखरामा पोखरी खनेपछि काफलपानी पँधेराको पानी नसुकको हो । 

नेटाकापोखरा मात्र होइन दुई वर्ष अघि सुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा साना ठूला गरी ४० भन्दा बढि पोखरीहरु निर्माण गरेको थियो । 

आफूहरुले खनेका पोखरीहरुका कारण धेरै ठाउँमा हिउँदमा पनि पानी नसुकेको रिचार्ज पोखरी निर्माण अभियानका अभियान्ता कृष्ण प्रसाद भुसालको भनाई छ । उनले “त्यतिबेला विभिन्न व्यक्तिहरुको करीब १ लाख सहयोगमा विभिन्न ठाउँमा पोखरीहरु निर्माण गरिएको थियो ।” बढ्दो जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दैँ जान थालेको र त्यहीँ सुक्न थालेको पानीको मुहान संरक्षण गर्न आफूहरुले अभियान सुरु गरेको भुसालले बताए । 

दुई वर्ष अघि खनेका पोखरीहरुले खडेरीमा समेत मूल मर्न नदिएको देखेपछि हौसिँएका अभियन्ताहरुले गएको तिहारमा लायन्स क्लब अफ अर्घाखाँचीसंग समन्वय गरि देउसी भैलोबाट उठेको रकम बाट एक पोखरी बराबर १२,५०० मा  रिचार्ज पोखरी खनिरहेका छन । 

यसै एक पोखरी को लागि लाखौं रुपैयाँ बजेट छुटाएर भ्रष्टाचार गर्छन् कहाँ बाट हुन्छ हाम्रो देशमा बिकाश एक पटक यो पढेर यो पोखरी अनि कति लागत मा एक पोखरी निर्माण को लागि लाग्दो रहेछ सिक्नुहोस नेता ज्युहरु गाउका नाईकेहरु 

विकासको क्रममा बाटो, खेल मैदान अनि संरचनाहरु निर्माण हुँदा धेरै ठाउँमा पोखरीहरु पुरिएको र पोखरीहरु पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्ष सहित दशघर एक पोखरी अभियानको सुरुवात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्