सन्धिखर्कका दुर्घटना क्षेत्रमा ट्राफिक सङ्केत बोर्ड राखियो

| २०७९ बैशाख १३ गते १८: २७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको अभियानमा, सन्धिखर्क नगरपालिकाको सहयोगमा पटक- पटक दुर्घटना भइरहेको स्थानमा ट्राफिक सङ्केत बोर्ड राखेको छ ।

सन्धिखर्क न.पा.-२, भलायडाँडाको बाटोमा  एकदमै ओरालो र मोडहरु रहेको रहेकोले बाहिरी जिल्ला तथा अन्यत्र क्षेत्रबाट आउने गाडीहरू पटक-पटक दुर्घटना भइरहेकोले सडक खण्डमा सवारी दुर्घटनाको दृष्टिकोणले अति जोखिमपूर्ण क्षेत्र रहेको भनी सवारी दुर्घटना न्यूनीकरण गर्न टेवा पुर्‍याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयका प्र.ना.उ. श्री अम्मर बहादुर थापा क्षेत्री , जिल्ला ट्राफिक कार्यालय प्रमुख र  सन्धिखर्क न.पा.का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको उपस्थितिमा ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड राखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी र प्रहरी कार्यालयको  सहयोगमा ट्राफिक सचेतनामुलक होर्डिङ  बोर्डहरु राखिएको हो  ।

प्रतिक्रिया दिनुहोस्