कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० माओबादी केन्द्रका वडा कमिटि अध्यक्ष डिलबहादुर रानाभाट नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन (माओबादी ) केन्द्रको तर्फ बाट पार्टीले वडा नम्बर १० को वडा अध्यक्ष पदमा उम्मेदवारी नदीएपछि माओबादि केन्द्र परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेको बुझिएको छ।
डिलबहादुर हिंजो सन्धिखर्क १० मा एमालेको एक चुनाब प्रचार- प्रसार कार्यक्रममा पार्टी प्रवेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस्