बैशाख ३० काे स्थानीय चुनावमा एमालेकाे जित सुनिश्चित : अध्यक्ष भुसाल

| २०७९ बैशाख १८ गते १७: ३३ मा प्रकाशित

अर्जुन भुसाल,अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले बैशाख ३० गते सम्पन्न हुन लागिरहेकाे स्थानीय तहकाे निर्वाचनमा  एमालेले  जिल्लाका अधिकांश  पालिका तथा वडाहरूमा सानदार जित हासिल गर्ने बताउनु भएकाे छ । 
 
सन्धिखर्क १२ का विभिन्न ठाउँहरूमा भएका चुनावी सभाहरूलाई सम्बाेधन गर्दै उहाँले एमाले अाफ्नाे प्रष्ट एजेन्डा सहित चुनावमा हाेमिएकाले नीति, विचार र याेजना विनाकाे गठबन्धनकाे कुनै अाैचित्य नरहेकाे बताउनुभयाे । उहाँले सरकारकाे नेतृत्व गरेकाे  कांग्रेस सहितका पाँच दलकाे गठबन्धन धेरै समय नटिक्ने दावी गर्दै एमाले नै पहिलाे शक्तिकाे रूपमा कामय रहने बताउनुभयाे । 

मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठले आफूहरूले विजयी हासिल गरेपछि बेरोजगार समस्याकाे हल गरिने भन्दै पूर्वाधार निर्माणकाे क्षेत्रमा उल्लेखनीय काम गर्ने बताउनुभयाे । उहाँले सन्धिखर्कले प्रशस्तै संभावना बाेकेकाले नमूना नगर निर्माणकाे कार्यलाई सार्थक गराएरै छाड्ने बताउनुभयाे । उपमेयर पदका उम्मेदवार अाचार्यले शिक्षा, स्वास्थ्य ,कृषि, पर्यटन, खेलकुद  तथा लक्षित वर्गकाे क्षेत्रमा प्रशस्तै  काम गरिने बताउनुभयाे । वडा अध्यक्ष पदका उम्मेदवार बसन्त श्रेष्ठले सन्धिखर्क १२ मा एमालेकाे जित सुनिश्चित भएकाे भन्दै वडाकाे विकासका लागि एमालेकाे जित अपरिहार्य रहेकाे बताउनुभयो । 

कार्यक्रममा एमाले शिक्षा विभागका पूर्व सदस्य भाेजबहादुर शाह, पार्टी जिल्ला सदस्य तथा नगर इन्चार्ज युवराज श्रेष्ठ,जिल्ला सदस्यहरू दीपा अाचार्य, प्रदिप नेपाली लगायतको आतिथ्यता थियाे । एमालेले सन्धिखर्क १२ काे महिला सदस्यमा हिरा बिसी,दलित महिला  सदस्यमा सुशीला विक, खुल्ला सदस्यमा कृष्णबहादुर नेपाली र उमबहादुर श्रेष्ठलाई उम्मेदवार बनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्