संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार अभियान सन्धिखर्क १० को विभिन्न स्थानमा सम्पन्न

| २०७९ बैशाख २१ गते १८: ३४ मा प्रकाशित

प्रेमनारायण आचार्य।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घा धरमपानीका विभिन्न स्थानमा संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार अभियान अन्तर्गत घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा मन्तब्य राख्ने नेताहरूले समृद्ध नेपाल र समृद्ध जनता निर्माणका लागि गठबन्धनका साझा उम्मेदवारहरु लाई विजयी बनाउनु पर्ने बताए । वडा नम्वर १० धरम्पानीको बेल्टारी, सिमलपानी,गच्छेगैरा लगायतका स्थानमा चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत कोणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसाल, नेकपा माओवादीका केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज शुसिला श्रीपाली, नेपाली कांग्रेसका पुर्ब जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका पुर्ब मेयर कमल प्रसाद भुसाल, माओवादि केन्द्रका केन्द्रीय सदस्य तथा सनिधखर्क नगरपालिकाका पुर्ब उपमेयर ठाकुर बिक, मेयर पदका उम्मेदवार शान्ता भण्डारी , उपमेयर पदका उम्मेदवार पदका उम्मेदवार राजेन्द्र भुसाल, पुर्ब सभासद सारदा आचार्य,  वडा अध्यक्ष पदका उम्मेदवार मोहनसिंह ठकुरी, एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष सिद्धिप्रसाद भुसाल, जनता समाजवादीका केन्द्रिय सदस्य टोपबहादुर बलाल,  नेपाल महिला संघका जिल्ला सचिव छमा कार्की, नेपाली कांग्रेसका श्यामबहादुर कुँवर, युवा परिचालन समितिका संयोजक युवराज थापा, स्थानीय अगुवा मानबहादुर थापा लगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य कमला भुसाल भण्डारी, प्रदेश समन्वय समितिका श्रीधर भुसाल, तारा भुसाल,  नेपाली कांग्रेसका नेता कमला आचार्य, जिल्ला सदस्य सुर्य प्रसाद भुसाल, नगर सभापति बाबुराम भुसाल, दलित संघका पुर्ब केन्द्रिय सदस्य कमल बिक, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि प्रेमनारायण आचार्य, पत्रकारहरु अम्विका श्रेष्ठ, कमला थापा, ठाकुर थापा, वडा सदस्य पदका उम्मेद्धारहरु इश्वरी प्रसाद मरासिानी, हरिलाल पराजुली , सरस्वता रानाभाट र तारा नेपाली लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम नेपाली कांग्रेसका भेसबहादुर विसीकोे अध्यक्षता, बिनोद थापाको सञ्चालन र खडानन्द आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्