अर्घाखाँचीका सबै पालिकामा एमालेले जित्छ: आचार्य

| २०७९ बैशाख २३ गते २१: ३१ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची।नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले आफ्नो पार्टीले अर्घाखाँची जिल्लाको सबै  पालिकामा विजय हासिल गर्ने बताउनुभएको छ ।

नेकपा एमाले सन्धिखर्क द्वारा वडा नं.३ को छापडांडा,सैनडांडा र रोकाहा टोलमा आयोजित  छुट्टाछुट्टै चुनावी कार्यक्रममा मन्तव्य राख्दै उहाँले बिकास ,समृद्धि ,सुशासन र सामाजिक न्यायको निम्ति जनताले नेकपा एमालेलाई रोज्ने दावी गर्नुभयो । ५ दलिय गठबन्धन स्वार्थ समुह र लोभिपापिको झुन्ड भएको उहाँको भनाइ थियोे । प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनुभएका आचार्यले जिल्लाको बिकासको निम्ति केन्द्र र प्रदेश सरकार बाट बिनियोजित करीब २ अर्ब बजेट कटौती गर्ने कांग्रेस र माओवादीका नेताहरू बिकास गर्छौ भन्दै गाउँ गाउँमा हिड्नु लज्जास्पद कुरा भएको बताउनुभयो । 

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले प्रदेश कमिटीका सदस्य केवी भुसालले नेपाली कांग्रेस दलाल र सामन्तहरुको पार्टी भएको बताउनुभयो ।नेकपा एमालेका उपसचिव शम्भु प्रसाद पोख्रेलले नेकपा माओवादी केन्द्र र माधव नेपाल समुह प्रतिक्रियावादीको मतियार भएको बताउनुभयो ।
नेकपा एमालेको तर्फबाट मेहर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले नगरको चौतर्फी बिकासको निम्ति आफ्नो टिमलाई बिजयी गराउन अग्रह गर्नुभयो ।
उपमेहरका उम्मेदवार मिश्रा आचार्यले नेकपा एमालेको बिजयी अभियान कसैले चाहेर नरोकिने बताउनुभयो ।
 
नेकपा एमालेका नेताहरू युवराज श्रेष्ठ ,प्रदिप नेपाली ,दीपा आचार्य,वावु खड्का,युवासंघका नगर संयोजक विनोद बस्नेत  लगायतको समेत उपस्थित रहेको कार्यक्रममा एमालेको तर्फबाट सन्धिखर्क-३ को वडाध्यक्ष पदका उम्मेदवार लक्ष्मण खड्का क्षेत्री ,महिला सदस्य सावित्रा भारती ,दलित महिला सदस्य पार्वता नेपाली ,सदस्य द्वय टेकलाल गिरी , ओमबहादुर राना लगायतले मन्तव्य राख्दै वडाको बिकासको निम्ति आफुहरुलाई विजयी गराउन अग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्