सन्धिखर्क १ को वडा अध्यक्षमा युवा नेता माधब श्रेष्ठ बिजयी

| २०७९ बैशाख ३१ गते १८: ३० मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा युवा नेता माधब श्रेष्ठ बिजयी भएका छन्। 

जित हाँसिल गर्नेमा नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार माधव श्रेष्ठ र दलित महिला सदस्यमा भगवता  सुनार, एमालेकाे तर्फबाट महिला सदस्य सुन्तली श्रेष्ठ, सदस्य बाबुराम पन्थी साथै श्रीधर मुखिया रहेका छन्।

श्रेष्ठ ले आफ्ना प्रतिद्वंदी यूवराज बन्जाडेलाई १२४६ भोट प्राप्त गरि पराजित गर्दै सन्धिखर्क १ को वडा अध्यक्ष पदमा बिजयी हाँसिल गरेका हुन्। एमालेका वडा अध्यक्ष उम्मेदवार यूवराज बन्जाडे ले १०२६ भोट प्राप्त गरेका छन। 

 

प्रतिक्रिया दिनुहोस्