न्युनतम विद्युत महसुल तिरी दिन्छौं : नगर प्रमुख श्रेष्ठ

| २०७९ जेठ ११ गते २२: २७ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची।सन्धिखर्क नगरपालिकाले नगरबासीकाे न्युनतम विद्युत महसुल भुक्तानी गरि दिने भएको छ ।

नगरपालिकाका नवनिर्वाचित नगर  प्रमुख कृष्णप्रसाद श्रेष्ठले पदभार ग्रहण गरे सँगै जनताको न्युनतम बिद्युत महसुस भुक्तानी गर्ने बताउनुभयाे  । उहाँले नगरपालिका भित्र संचालित लिफ्टिङ्ग खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत् महशुल तिरीदिने,वर्थिङ सेन्टर वा अस्पतालमा सुत्केरी हुने महिलालाई पोषण स्वरुप २ हजार रुपैया उपलब्ध गराउने ,पाणिनि बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत ४० जना छात्र-छात्रा लाई नि:शुल्क रुपमा पढ्ने प्रबन्ध मिलाउने लगायतका कार्यक्रम  घोषणा गर्नुभएकाे छ  ।

निर्वाचनको समयमा मातृ शोकमा परेका नगर प्रमुख श्रेष्ठले केही दिन पछि  आज जिल्ला न्यायाधीश वासुदेव न्यौपानेबाट सपथ लिनुभयाे  । सपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका उहाँले शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन र दिगो पुर्वाधार - समृद्ध सन्धिखर्क निर्माणको मुल आधार भन्ने मान्यतामा रही गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता तथा कृषि र पर्यटनको विकास गरी रोजगारी सिर्जना गरेर बैदेशिक पलायन रोक्ने बताउनुभयाे ।

उहाँले व्यक्तिगत र दलिय स्वार्थ भन्दा माथि उठेर सन्धिखर्क नगरपालिकाक‍ो समग्र विकासको महान अभियानमा सबै सरोकारवाला सँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयाे  । उहाँले आफूले पदभार ग्रहण गरि रहँदा नगर भित्रका सिमान्तकृत वर्गका जनतालाई स्मरण गरिरहेको भन्दै उहाँहरुको जिवनस्तर माथि उठाउन निरन्तर क्रियासिल रहने बताउनुभयाे। 

नगर प्रमुख श्रेष्ठले स्थानीय सरकार संचालन ऐनले दिएका अधिकारहरु र विधिको शासनको सिमा भित्र रहेर निष्पक्षता,तटस्थता ,पारदर्शिता ,जवाफदेहिता ,सहभागीता र भ्रष्टाचारमा शुन्य सहनशीलता जस्ता सुशासनका  आधारभुत मान्यतालाई कडाइका साथ पालना गरि इमानदारी र निष्ठा पूर्वक काम गर्ने, गराउने समेत प्रतिबद्धता जनाउनुभयाे ।

श्रेष्ठले आजै नगर उप-प्रमुख मिश्रा आचार्य तथा वडा अध्यक्ष र सदस्यहरुलाई समेत सपथ ग्रहण गराउनुभयाे  ।

प्रतिक्रिया दिनुहोस्