सन्धिखर्क ९ को वडा स्तरीय भलिवल तथा क्रिकेट कार्यक्रम सम्पन्न

| २०७९ जेठ १३ गते १५: ०९ मा प्रकाशित

रमेश थापा,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय द्वारा युबा लक्षित कार्यक्रम को १ लाख ५० हजार को बजेटले क्रीकेट र भलिबल खेल साबिक १/२/३/४ र ८ को खेल सम्पन्न भएको छ।

साबिक २ ले भलिबल खेल को प्रथम स्थान हाँसिल गरेको छ भने साबिक २ दोस्रो स्थान हाँसिल गर्न सफल भएको छ ,साबिक १ ले तेस्रो स्थानहाँसिल गरेको छ। 

क्रीकेट तर्फबाट साबिक ३ ले प्रथम स्थान  हाँसिल गरेको छ भने साबिक २ ले दोश्रो स्थान हासिल गरेको छ। त्यस्तै तेस्रो स्थानसाबिक ४ ले हाँसिल गरेको छ। 

 नब निर्बाचित वडा अध्यक्ष पदम भुसाल ले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए। 

 पुरस्कार क्रीकेट तर्फ 

प्रथम १५००० मेडल र प्रमाणपत्र 

द्रोस्रो पुरस्कार ११००० मेडल र प्रमाणपत्र 

तेस्रो पुरस्कार ६००० मेडल र प्रमाणपत्र 

भलिबल तर्फ 

प्रथम पुरस्कार १०००० मेडल र प्रमाणपत्र 

द्रोस्रो पुरस्कार ७००० मेडल र प्रमाणपत्र 

तेस्रो पुरस्कार ४००० मेडल र प्रमाणपत्र र साबिक प्रत्येक वडा हरु लाई भलिबल र नेट पम्प प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्