तुमकाेटमा अपांग मैत्री सामाग्री हस्तान्तरण

| २०७९ जेठ २१ गते १६: ३१ मा प्रकाशित

प्रेमनारायण आचार्य। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका १ तुमकाेट निवासी अपांग  शिव बहादुर नेपालीलाई अपांग मैत्री सामाग्री हस्तान्तरण गरिएको छ । 

नेपाली कांग्रेसका नेता बाबुराम पराजुली र सीता पराजुलीको पहलमा उक्त  सामाग्री हस्तान्तरण गरिएको सुवास श्रेष्ठले जानकारी दिनुभयो ।उक्त सामाग्री सन्धिखर्क १ का वडा अध्यक्ष माधव श्रेष्ठ  वडा सदस्य भगवता पाण्डे (सुनार)  र बाबुराम पराजुलीको आमाले हस्तान्तरण गर्नुभएको हाे ।

निर्वाचनको समयमा घरदैलो गर्दा गरेको वाचा अनुसार उक्त सामाग्री हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा महाधिवेशन प्रतिनिधि छमा कार्की,  युवा नेता सुवास श्रेघ, क्षेत्रीय प्रतिनिधि तथा अग्रज नेता तारा बस्याल , सीता पराजुली , अमृत बिक, लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्