अर्घाखाँचीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

| २०७९ जेठ २२ गते ०६: ०० मा प्रकाशित

गुरुदेब,खनाल अर्घाखाँची। सन्धिखर्क नगरपालिका -१, साथिहोटलको सभा हलमा ट्राफिक चेतना प्रर्बदन गर्ने,बिभिन्न ट्राफिक नियमको बारेमा जानकारी गराई सवारी दुर्घटना न्युनिकरण गर्ने तथा सवारी आवागमनलाई सुरक्षित साथ संचालन गर्ने उदेश्यका साथ आन्तरिक मामिला तथा संचार मन्त्रालय बुटवल, मार्फत कार्यक्रम सम्पन्न भएको छ । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको सहकार्यमा यस जिल्लाका विभिन्न ठाउँमा रहेका सरकारी कार्यालयका सवारी चालक, बिभिन्न संघ- संस्थाका सवारी चालक र यस अर्घाखाँची जिल्लाभित्र चल्ने सम्पूर्ण सवारी चालकहरुलाई  लु.प्र.ट्रा.प्र.का.बुटवलका प्रहरी वरिष्ठ नायव निरीक्षक हुमानन्द खलाल र यस जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरि बहादुर के.सी द्वारा प्रशिक्षण दिईएको थियो ।

ट्राफिक सचेतना कार्यक्रम

 प्रशिक्षणमा अर्घाखाँचीका जिल्लाका सवारी चालक करिब १०० जनाको सहभागिता रहेको थियो । यसैगरी प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक कार्यालयको समन्वयमा  जिल्लाको अन्यत्र ठाउँमा पनि ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गर्ने भनी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरि बहादुर के.सी ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्